काठमाडौं । बिहीबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले खण्डन गरेपछि एमाले सांसदहरुले आज (शुक्रबार) को संसद बैठक अवरोध गरेका छन् ।
मन्त्री बडूले ओलीले बिहीबार आयल निगमबारे संसदमा गरेको टिप्पणी आधारहीन, स्तरहीन रहेको जवाफ दिएपछि एमाले सांसदहरुले उठेर विरोध जनाएका हुन् ।
मन्त्री बडूका अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने अडान राख्दै एमाले सांसदहरुले होहल्ला गरेका थिए ।
एमालेले होहल्ला जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया