Logo

मुख्य समाचार

‘सत्ता पक्षले भोट पाउनका लागि मतदाताको हत्या, अपहरण गर्यो’: अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनले मतदाताको हत्या गर्ने, अपहरण गरेको आरोप लगाएका छन् ।

बिहीबारको संसद बैठकको नीति तथा कार्यक्रमको छलफलमाथि भाग लिँदै ओलीले निर्वाचन स्वच्छ, निष्पक्ष रुपमा सम्पन्न हुन नसकेको बताएका हुन् ।

उनले हुम्लामा एमाले कार्यकर्ताका बाबुमाथि आक्रमण गरेर हत्या गरेको साथै ताप्लेजुङमा प्रहरीले नै गोली हानेर मतदाताको हत्या गरेको गम्भीर आरोप लगाएका हुन् ।

मतदाताको जनप्रतिनिधि चुन्ने अधिकार खोस्दै सत्तापक्षले कुट्ने, धुन्ने, काम गरेको बताए ।

ओलीले १४ दिन भइसक्दा पनि कतिपय स्थानीय तहको निर्वाचन परिणाम आउन नसकेको भन्दै ‘१४ दिन बित्दा पनि परिणाम आउन सकेको छैन कसरी स्वच्छ, निष्पक्ष रुपमा निर्वाचन भयो ?’ भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ११ : २८ बजे