Logo

निर्वाचन विशेष

७ सय ४० स्थानीय तहको नतिजा आयो, नतिजा आउन बाँकी १३ पालिका कुन-कुन हुन ?



काठमाडौं। गत वैशाख ३० मा देशैभरका ७५३ स्थानीय स्थानीय तहमा भएको स्थानीय तहको निर्वाचनको हालसम्म ६४० तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

अब १३ वटा स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी छ । त्यसमध्ये ११ वटा स्थानीय तहमा मतगणना जारी छ भने दुई वटामा अझै मतगणना सुरु हुन सकेको छैन ।

मत परिणाम आउँन बाँकी रहेका पालिकाहरु

कटारी नगरपालिका, उदयपुर

ललितपुर महानगरपालिका, ललितपुर

तिलोत्तमा नगरपालिका, रुपन्देही

महाराजगञ्ज नगरपालिका, कपिलवस्तु

गरूडा नगरपालिका, रौतहट

पचरौता नगरपालिका, बारा

तुलसीपुर उपमहानगरपालिका, दाङ

फतुवा विजयपुर नगरपालिका, रौतहट

गढीमाई नगरपालिका, रौतहट

पोखरा महानगरपालिका, कास्की

काठमाडौं महानगरपालिका, काठमाडौं

गणना सुरू नै नभएका तहहरू

त्रियुगा नगरपालिका, उदयपुर

बुढीगंगा नगरपालिका, बाजुरा

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १२ : ३९ बजे