काठमाडौं । रौतहटको बोधिमाई बौधिमाइ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।
नगरपालिकाको मेयरमा ५४ हजार ८१० मतका साथ प्रदिप कुमार यादव विजयी भएका हुन्। उनी निकटतम प्रतिद्वन्द्वीसँग ७८६ मत अन्तरले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार राजिव रन्जन यादवले ४ हाजार ६२४ मत प्राप्त गरेका छन्।
यसैगरी उपमेयरमा पनि नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार प्रमिला देबि ४ हजार ८९४ मत ल्याएर विजयी भईन्।उनी निकटतम प्रतिद्वन्द्वीसँग ४१३ मत अन्तरले विजयी भईन्।
उनकी निकटतम प्रतिद्वन्द्वी जनता समाजबादी पार्टीकि शिमा नेशाले ४ हजार ४८१ मत प्राप्त गरिन्।
प्रतिक्रिया