Logo

विश्व

‘लोकतान्त्रिक’ ज्याकडाहरुले निर्णय गर्दा चर्को आवाज निकाल्छन् : अध्ययन्



लन्डन । ज्याकडाहरूले ‘लोकतान्त्रिक’ प्रक्रिया प्रयोग गरेर कहिले सामूहिक रूपमा आफ्नो वासस्थान छाड्ने भन्ने निर्णय गर्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

हजारौं ज्याकडाहरू अचानक जाडोमा बिहानको आकाशमा जान सक्छन् । गुँड छोड्न चाहेमा चराहरुले बेस्सरी आवाज निकाल्ने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । जब आवाज एकदम चर्को तहमा पुग्छ, यसले संकत गर्छ कि उनीहरु उड्न तयार छन् ।

ज्याकडा कागजस्तै एक प्रकारको चरा हो । जनावरहरूले कसरी सामूहिक निर्णयहरू गर्छन् भन्ने बारे दुर्लभ अन्तरज्ञान हुने बेलायतको एक्सेटर विश्वविद्यालयका प्राध्यापक एलेक्स थोरन्टन बताउँछन् ।

उनी अगाडि भन्छन्, ‘जब चराले बोलउछन, यो उनीहरुले छोड्न चाहेको संकेत हो ।’ सामूहिक निर्णय दुई कुरामा निर्भर हुन्छ । पहिलो आवाजको मात्रा र दोस्रो आवाजको तीब्रता ।

चराहरू सहमतिमा पुगेपछि एकै पटक हजारौँ चराहरु औसतमा पाँच सेकेन्डमा रूखबाट उड्छन् ।

करेन्ट वायोलोजिमा अध्ययन प्रकाशित छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ८ : २५ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।