Logo

समाचार

मतदातालाई धन्यवाद दिन टोल टोलमा पुगे चन्द



रोल्पा । स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा नेपाली कांग्रेसबाट परिवर्तन गाउँपालिका अध्यक्ष प्रत्यासी विश्व कुमार चन्दले भिन्नै खालको राजनीतिक संस्कारको विस्तार गरेका छन् । मैदानमा खेलको प्राजय व्यहोर्नुको पिडा अरुलाई थाहा हुन्न त्यो पिडा खेलाडीलाई मात्र थाहा हुन्छ, तर विश्व कुमार चन्दलाई भने खेलमा हारको कुनै महशुस छैन । परिवर्तन गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको प्रतिद्वन्द्वीले करिब २६१९ मतान्तरले जितेको ताजै छ । अहिलेको बैशाख ३०गते स्थानीय तहको निर्वाचनमा हेर्दा जम्मा १८९ मतको मात्र अन्तर रहेको छ।

चन्द झिनो मतले प्राजित हुन पुगे । प्राजित हुँदा समेत चन्द उत्साहका साथ आफूलाई अमुल्य भोट दिएर सहयोग गर्ने मतदाताहरुसँग भेटघाट गर्न र धन्यवाद दिन टोल टोलमा पुग्ने गरेका छन्। परिवर्तन गाउँपालिका ६ वटै वडाका विभिन्न टोलहरुमा मतदाताहरुसँग भेट्न र धन्यवादका दिन् पुग्ने गरेको नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ।

चुनावको समयमा भोट माग्न घर–घर जाँदा चन्दले भनेका थिए ‘मैले चुनाव जिते पनि तपाईंहरुलाई भेट्न आउँछु,मैले चुनाव हारे पनि तपाईंहरुलाई भेट्न आउँछु’ । चन्दले बोलेको शब्द पुरा गरेको युवा सजगता (जागरण) अभियान परिवर्तन गाउँपालिका संयोजक सुर्य प्रकाश बुढामगरले बताँउछन् ।

उनी जिल्ला भित्र मात्र लोकप्रिय नभई जिल्ला बाहिर पनि उत्तिकै राम्रो छवि भएका व्यक्ति हुन । चन्द रोल्पा उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष समेत हुन, भने विभिन्न निजि क्षेत्रसँग पनि काम गर्दै आएको पाइन्छ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ७ : ३२ बजे