Logo

Breaking News 1

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न गठबन्धनको बैठक बसिरहेको हो ।

जेठ १० गते संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ ।

नयाँ आर्थिक वर्षमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी रहेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ३ : १२ बजे