Logo

Breaking News 1

भरतपुरमा ७३८८ मतले रेनु दाहालको अग्रता कायम



चितवन । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८९ हजार ४०८मत गन्दा उनको अग्रता ७ हजार ३८८ रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार उनले ३५ हजार ४९ मत प्राप्त गरेकी छन् । एमाले र राप्रपाको साझा उम्मेदवार विजय सुवेदीले २७ हजार ६६१ मत पाएका छन् ।

अहिले भरतपुरको वडा नम्बर १९ र २० को मत गणना भइरहको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ८ : ०३ बजे