Logo

विश्व

युक्रेनको मारियोपोल शहर कब्जा गरेको रुसको दाबी



काठमाडौं । युक्रेनको मारियोपोल शहर कब्जामा लिएको रुसले दाबी गरेको छ ।

युक्रेनको बन्दरगाह शहर मारियुपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी सैनिकले सो क्षेत्र छोडेसँगै मारियुपोल शहर र स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न अनुमति दिएका छन् ।

मारियुपोल शहरको स्टिल कारखाना रुसी सेनाको घेराबन्दीका कारण फसेका आफ्ना सयौं नागरिक र सैनिकको ज्यान बचाउन ठाउँ छोड्ने अनुमति दिएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ११ : ५४ बजे