Logo

मुख्य समाचार

निर्वाचनमा पार्टी पराजित भएपछि एमाले मुगुका सचिवको राजीनामा



काठमाडौं । स्थानीय तह निर्वाचनमा पराजय ब्यहोरेपछि नेकपा एमाले मुगुका सचिव डबल रोकायाले राजीनामा दिएका छन् ।

संगठन राम्रो रहेपनि गठबन्धनका कारण मुख्य पदमा पराजय ब्यर्होनुपरेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

एमालेले मुगुका ४ स्थानीय तहमा १ उपाध्यक्षबाहेक अरु प्रमुख पदमा नराम्रोसँग पराजय भोग्नु परेको उनले बताएका छन् ।

पार्टीमा अराजक अस्थिरता व्यक्तिवाद, स्वेच्छाचारितालाई निरुत्साहित गर्न र पार्टी संगठनलाई थप प्रभावकारी, गतिशील, ऊर्जाशील बनाउन आफूले पार्टीको सचिव पदबाट राजीनामा दिएको रोकायाले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ३ : २० बजे