Logo

Breaking News 1

अपडेट: बालेन साहले झण्डै २९ हजार मत पुर्याउन लागे, केशव स्थापितको कति पुग्यो ?



काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँग फराकिलो मतान्तरले आफ्नो अग्रता कायमै राखेका छन् । उनले लगातार आफ्नो मतान्तर बढाइरहेका छन् ।

पछिल्लो विवरणअनुसार साहले २९ हजार ८ सय ८ सय ८२ मत पाएका छन् । उनलाई पछ्याईरहेका स्थापितले १५ हजार ३ सय १२ मत पाएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४ हजार ७ सय ९८ मत पाएकी छिन् ।

यता, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले आफ्नो आफ्नो फराकिलो अग्रतालाई कायमै राखेकी छिन् ।

उनले अहिलेसम्म २६ हजार ५ सय ७५ मत पाएकी छिन् भने उनलाई पछ्याईरहेका नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार रामेश्वर श्रेष्ठले ८ हजार ५ सय ९१ मत पाएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ३ : ०१ बजे