Logo

Breaking News 1

कुन पार्टीले कति स्थानमा जित्यो ? कति ठाउँमा कुन अगाडि ?



काठमाडौं । स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म ६ सय ४० स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ ।

प्राप्त परिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै स्थानमा नेपालीले जित हात पारेको छ । कांग्रेसले हालसम्म २ सय ८५ स्थानमा जित हात पारेको छ भने ४१ ठाउँमा अगाडि रहेको छ ।

यस्तै, दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेले हालसम्म १ सय ७९ स्थानमा जितेको छ भने १८ स्थानमा अगाडि रहेको छ । तेस्रो नम्बरमा नेकपा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्रले अहिलेसम्म १ सय ११ ठाउँमा जित हाल पार्दा १२ स्थानमा अग्रता कायम गरिरहेको छ ।

जनता समाजवादी पार्टीले अहिलेसम्म २० ठाउँमा जितेको छ भने १४ ठाउँमा अगाडि रहेको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १४ ठाउँमा जित दर्ता गरिसकेको छ भने ५ स्थानमा अग्रता बनाइरहेको छ ।

यस्तै, लोकतान्त्रि समाजवादी पार्टी ७ ठाउँमा जित दर्ता गर्न सफल भएको छ भने ७ ठाउँमै अग्रता बनाइरहेको छ ।

अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ स्थानमा जितेका छन् भने अहिले मतगणना जारी रहेका ८ ठाउँमा अग्रता बनाइरहेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १२ : ५४ बजे