Logo

समाचार

अहिले परिवर्तन गाउँपालिकामा नेपाली कांग्रेस पार्टी प्रवेश गर्नेको लहर लागेको छ : विश्व कुमार चन्द



रोल्पा । नेपाली कांग्रेस बाट परिवर्तन गाउँपालिका अध्यक्ष प्रत्यासी विश्व कुमार चन्दले नेपाली कांग्रेस पार्टी समुद्र भएको र धेरै जीवहरु अटाउने ठाउँ भएको बताएका छन् । ३० बैशाखमा समपन्न स्थानीय तह निर्वाचनमा मतदान गर्ने मतदाताहरुलाई धन्यवाद,चियापान तथा नव निर्वाचित जनप्रतिनिधिलाई दिन आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै चन्दले यस्तो बताएका हुन् ।

उनले परिवर्तन गाउँपालिकामा पार्टी प्रवेश गर्नेको लहर लागेको बताए । ‘अहिले परिवर्तन गाउँपालिकामा नेपाली कांग्रेस पार्टी प्रवेश गर्नेको लहर लागेको छ । अहिले नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी लगाएत बाट पार्टी परित्याग गरि नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ ।’ चन्दले भने ‘म जब नेपाली कांग्रेस बाट परिवर्तन गाउँपालिकाअध्यक्ष उम्मेदवार भएर आए तब अन्य पार्टी परित्याग गर्नेको ओइरो चल्यो । म वडाको चुनावी सभालाई सम्बोधन गर्न सबै वडामा पुगेको थिए त्यहाँ अन्य पार्टी परित्याग नगरेको कुनै वडा छैन।’

सोमबारको मतदाताहरुलाई धन्यवाद,चियापान तथा बधाई कार्यक्रममा परिवर्तन गाउँपालिका ३ थुनिकोट,परिवर्तन गाउँपालिका ४ पाछाबाङ्ग र परिवर्तन गाउँपालिका ५ राङ्कोट बाट नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरि करिब २५ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थिए।

पछिल्लो समय परिवर्तन गाउँपालिकामा नेपाली कांग्रेस बाट विश्व कुमार चन्द आएपछि पार्टी परित्याग गरेर नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नेको संख्या बढेकको देखिन्छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : ४५ बजे