सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता कुमारी चौधरी निर्वाचित भएकी छन्। उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का रामनारायण चौधरीले ४ हजार २ सय ७० मत प्राप्त गरे। यसअघि जिल्लाको कुनै पनि स्थानीय तहमा महिला नगरप्रमुखमा निर्वाचित भएका थिएनन् ।
तयस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकै रूद्र बहादुर कार्की विजय भएका छन्। उनले ६ हजार २ सय ७५ मत प्राप्त गरेका छन् । उनका निकटत प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का सुनिता कुमारी मुखियाले ३ हजार ९ सय ९८ मत प्राप्त गरिन्।
प्रतिक्रिया