Logo

Breaking News 1

वडा नम्बर २८ को मत गन्दा बालेन स्थापित भन्दा पछाडि



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २८ को मतगणना सुरु भएको छ ।

वडा २८ को मतगणना गर्दा प्रारम्भिक परिणाममा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन साहको भन्दा धेरै मत पाएका छन् ।

२ सय मत गणना गर्दा स्थापितले ६० मत पाएका छन् भने बालेनले ४६ मत पाएका छन् ।

यस्तै, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३ मत पाएकी छिन् ।

समग्र महानगरपालिकाको मतमा भने बालेनले आफ्नो अग्रता कायमै राखेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ३ : ३४ बजे