Logo

Breaking News 1

काठमाडौं महानगर: बालेन साहले कटाए १७ हजार मत, स्थापितको कति ?



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले १७ हजार मत कटाएका छन् ।

पछिल्लो प्राप्त विवरणअनुसार बालेनले १७ हजार ३१ मत पाएका छन् । उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई निकै पछाडि छोडेका छन् ।

स्थापितले ८ हजार ८ सय ७६ मत पाएका छन् । बालेन र स्थापितबीचको मतान्तर ८ हजार ८ सय भन्दा बढीको रहेको छ ।

मेयरका अर्का उम्मेदवार गठबन्धन अन्तर्गतको नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ९ सय ४१ मत ल्याएकी छिन् ।

यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम राखेकी छिन् । उनले १५ हजार ६ सय ७४ मत पाएकी छिन् ।

डंगोललाई पछ्याईरहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार १५ मत पाएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  २ : ५६ बजे