Logo

मुख्य समाचार

नेपाल श्रीलंकाको अवस्थामा नपुगोसः योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका नेता योगश भट्टराईले नेपाल श्रीलंकाको अवस्थामा पुग्न लागेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले देश श्रीलंका हुने अवस्था रहेकाले आफूहरु चिन्तित रहेको बताए । उनले नेकपा एमालेले लगातार सरकारलाई खबरदारी गर्नृको कारण देश श्रीलंकाको हालतमा नपुगोस् भनेर रहेको बताए ।

‘नेपाल श्रीलंकाको अवस्थामा नपुगोस भन्ने हाम्रो चाहना हो, उनले भने ।’

उनले संसदको शून्य समयमा बोल्दै उनले अर्थमन्त्री जनार्दन शर्माको आलोचना गर्दै यो सरकारको काम गर्ने क्षमता नरहेको आरोप लगाए । उनले अर्थमन्त्री शर्माले राष्ट्रनिमार्णमा भूमिका नखेलेको आरोप लगाए ।

साथै, उनले व्यापार घाटा बढीरहेको भन्दै सरकार जिम्मेवार रहनुपर्ने बताए। नेता भट्टराईले पेट्रोलियम पदार्थको मूल्यबृद्धी भईरहेको भन्दै सरकारको विकल्प खोज्नुपर्ने बताए ।

निर्वाचनको समयमा प्रधानमन्त्री पत्नी डा।आरजु राणा देउवाले कैलालीमा निर्वाचनमा जिताए विदेश पठाईदिने भनेको विषयलाई उठाउँदै जिम्मेवार व्यक्तिले देशमै रोगगारी सिर्जना गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  २ : ०८ बजे