Logo

Breaking News 1

धनगढी उपमहानगर: गठबन्धनका वडलाई पाँचहजार बढी मतले पछाडि पार्दै जिततर्फ स्वतन्त्र उम्मेदवार हमाल



काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तरलाई फराकिलो बनाउँदै अगािड बढिरहेका छन् ।

उनले गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई पाँच हजार बढी मतले पछाडि पारेका छन् । पछिल्लो प्राप्त मत परिणामअनुसार १० हजार ८ सय २५ मत ल्याउँदा वडले ५ हजार १ सय ३३ मत ल्याएका छन् ।

नेकपा एमालेका रणबहादुर चन्दले दुई हजार ४६२ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले अग्रता कायम गरिरहेकी छिन् ।

उनले ४ हजार ६ सय ८८ मत पाएकी छिन् भने उनलाई पछ्याईरहेकी नेकपा एमालेकी कन्दकला रानाले ४ हजार २ सय ४७ मत ल्याएकी छिन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १२ : १३ बजे