Logo

समाचार

रोल्पाको परिवर्तन गाउँपालिका अध्यक्षमा प्राजित चन्दले दिए गाउँपालिका बासीलाई धन्यवाद



रोल्पा । नेपाली कांग्रेसबाट परिवर्तन गाउँपालिकाको अध्यक्षमा प्राजित भएका विश्व कुमार चन्दले परिवर्तन गाउँपालिका बासीमा धन्यवाद तथा आभार व्यक्त गरेका छन् । निर्वाचन भनेको लोकतान्त्रिक विधिबाट जनतमा मत मागेर उपयुक्त व्यक्ति छनोट गर्ने सुन्दर विधि भएकोले यसमा हार र जित नभएर जनताको सर्वाधिक मत ल्याउने पक्ष विजेता हुने र अर्को पक्ष उपविजेता हुने चन्दले बताए ।

‘म लगाएत मेरो केही टिमलाई यसपटक उपविजेता बनाउनु भएको छ । विजेता हुने साथीहरूले स्थानीय तहमा प्रत्यक्ष सहभागी भै प्रचलित ऐन कानुन बमोजिम स्थानीय सरकार भएको महसुस हुने किसिमले निष्पक्ष ढंगले जनताको सेवा गर्नु हुनेछ भन्ने विश्वास र अपेक्षा मैले गरेको छु । हामी विजेता साथीहरू जस्तो नभएता पनि अप्रत्यक्ष रूपमा जनताकै सेवामा खबरदारी सहित स्थानीय सरकारलाई सहयोग गर्ने र सदैव जनताको सेवामा तलिन्न रहने प्रतिवद्धता समेत व्यक्त गर्दछु,’ चन्दले भने ।

चन्दले निर्वाचनको पारम्भिक चरण देखि परिणाम घोषणा सम्मका विभिन्न अवस्थाहरुमा हरेक क्षेत्र र क्रियाकलापमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने शुभेच्छुक तथा निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, सुरक्षाकर्मी र सञ्चारकर्मी प्रति कृतज्ञता प्रकट गरेका छन् ।

‘म लगाएत मेरो सिंगो टिमका साथीहरूलाई पार्टीको तर्फबाट निर्वाचनमा भाग लिनका लागि जिम्मेवारी प्रदान गर्ने सबैमा आभार व्यक्त गर्दछु,’ उनले भने । चन्दले सम्पूर्ण नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । निर्वाचनको नतिजाले आफूलाई विजेताको जिम्मेवारी नदिएको कारण आफूहरुलाई मतदान गर्ने मतदाताहरुलाई निराश नहुन आग्रह गर्दै चन्दले भने ‘यहाँहरुको माया र भरोसा प्रति उच्च सम्मान व्यक्त गरेको छु, आगामी दिनमा समस्त परिवर्तन गाउँपालिका बासीको समस्यालाई केन्द्र बिन्दुमा राखेर सधैं यहाँहरुको साथमा रही रचनात्मक काम गरिरह्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ८ : ३५ बजे