Logo

Breaking News 1

हेटौँडामा एकीकृत समाजवादीकी मीना लामाकाे अग्रता



काठमाडौं । हेटौँडा उपमहानगरपालिकामा राप्रपाका मेयर पदका उम्मेदवार दीपकबहादुर सिंह पछि पर्न थालेका छन् । यस्तै गठबन्धनकी साझा उम्मेदवार एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाएकी छन् । ​हेटौँडाको जारी मतगणनामा राप्रपाका सिंहले पटक पटक अग्रता बढाउँदा रोचक चुनावी प्रतिस्पर्धा हुँदै आएको छ। अहिले पनि लामाले अग्रता बनाएकी हुन् ।

बुधबार बिहान प्राप्त पछिल्लो मतपरिणाम अनुसार ३३ हजार ५७८ मत गणना हुँदा लामाले १०,४१० मत पाएकी छन् । यस्तै सिंहले ९९२२ मत पाएका छन् । यस्तै एमालेका अनन्त पौडेलले ९०२५ मत पाएका छन् । ​उपमेयरमा भने काँग्रेसका राजेश बानियाँले १५४५५ मत पाएका छन् । उनको पछिपछि एमालेकी सुमित्रा काफ्लेले १०५८१ मत पाएर पछ्याइरहेकी छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ३१ बजे