काठमाडौं । सर्लाहीको लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरिरहेका छन् ।
लालबन्दी नगरपालिका–८, मा मतपेटिकामा खसेको भन्दा ९ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् ।
आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान सम्पन्न हुँदा १ हजार ४२७ मत खसेको भनी मुचुल्का उठाइएको भएपनि मतगणना गर्दा १ हजार ४१८ वटा मतपत्र मात्रै भेटिएको छ ।
९ वटा मत गायब भएपछि एमालेका कार्यकर्ताहरु राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै चक्काजाममा उत्रिएका हुन् । एमाले कार्यकर्ताले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन् ।
प्रतिक्रिया