Logo

Breaking News 1

भरतपुरमा रेनु दाहालकै अग्रता



चितवन । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । उनले ५ हजार ७१८ मत पाएकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६८९ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ६८८ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ मतसहित अग्रता लिएका छन् । राप्रपाकी हिमला गुरुङको पक्षमा ४ हजार ६४५ मत परेको छ ।

४ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ३ हजार ५०१ मतसहित निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवारले १ हजार ६३३ र राप्रपाका उम्मेदवारले ८८० मत पाएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ८ : ३४ बजे