Logo

Breaking News 1

काठमाडौं महानगरमा बालेनले पाए ६००० बढी मत



काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता कायमै राखेका छन् । उनले ६ हजार भन्दा बढी मत पाउँदा मतअन्तर पनि बढाएका छन् ।

बालेनले ६ हजार २०७ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ३ हजार २४३ मत पाएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २ को मतगणना सकिंदै छ । एक सय मत गन्न बाँकी रहँदा नेकपा एमालेका वडा अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार श्रेष्ठको जित सुनिश्चित भएको छ । श्रेष्ठले १ हजार ३४४ मत पाएका छन् । नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९०० मत पाएका छन् ।

यो वडामा सदस्यका सबै उम्मेदवारहरुमा पनि एमाले नै अगाडि छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ०५ बजे