Logo

मुख्य समाचार

वीरगञ्जमा जसपाका राजेशमान सिंह २२७५ मतले अगाडी



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले २ हजार २७५ मतले अग्रता कायम गरेका छन् ।

चारवटा वडाको आठ हजार ७७३ मत गणना गर्दा सिंहले चार हजार २६८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले एक हजार ९३९ मत ल्याएका छन् । सरावगी निवर्तमान मेयर हुन् । राप्रपाका गिरीश गिरीले १३८ मत पाएका छन् । मेयर पदमा छ हजार ४३४ मत सदर हुँदा दुई हजार ३३९ बदर भएको छ ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले दुई हजार ८३३ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४७४ मत पाएका छन् ।

वीरगञ्जमा उपप्रमुखका उम्मेदवारले पाएको मत भन्दा दुई हजार ४६ बढी मत अर्थात चार हजार ८७९ मत बदर भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : ४८ बजे