Logo

मुख्य समाचार

डडेल्धुरा आलिताल गाउँपालिका माओवादी केन्द्र विजयी



डडेल्धुरा । आलिताल गाउँपालिका, डडेल्धुराको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सोमबार बिहान आएको नजिताअनुसार अध्यक्षमा शेरबहादुर पार्की २ हजार ३८९ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलबहादुर गुरुङले २ हजार २२४ मत पाएका छन् । एमालेका मीनबहादुर बोगटीले १ हजार ४५९, एकीकृत समाजवादीका तुलाराम बोहराले ६०१, स्वतन्त्र उम्मेदवार टेकबहादुर खड्काले २५७ र राप्रपाका जितबहादुर थापामगर ३४ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित माओवादी केन्द्रकी मैना कुमारी रावलले २ हजार ६०२ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जयाकुमारी बोगटीले २ हजार २४१ मत ल्याइन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ७ : ४३ बजे