Logo

समाचार

धुलिखेल नगरपालिकामा एमालेको अग्रता



काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोक ब्याञ्जुले अग्रता लिएका छन् ।

आज बिहानको ताजा मतपरिणाम अनुसार ब्याञ्जुले १ हजार ७१७ मत पाएका छन् । उनी स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेतभन्दा ३१० मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४०७ मत पाएका छन् । हिजोसम्म बस्नेत अगाडि थिए ।

नेपाली कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए ।

धुलिखेलको उपमेयरमा पनि एमालेकी लालतारा अधिकारी अगाडि छन् । उनले १ हजार ४७२ मत पाएकी छन् । उनलाई नेपाली कांग्रेसका निराजन जंगमले १ हजार २६२ मतसहित पछ्याइरहेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ३५ बजे