Logo

प्रदेश

बुटवलमा ३०० मत गन्दा कांग्रेसको अग्रता, पछ्याउदै राप्रपा



बुटवल । बुटवल उपमहानगरपालिकामा अहिलेसम्म ३०० मत गणना भएको छ । पछिल्लो विवरण अनुसार मेयरमा कांग्रेसका खेलराज पाण्डेले सुरुवाती अग्रता लिएका छन् । उनले १३० मत ल्याएका छन् ।

परिणाम अनुसार बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो स्थानमा छ । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन् । तेस्रो स्थानमा एमाले छ । एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन् । बुटवलको वडा नम्बर १ बाट मतगणना सुरु भएको हो । बुटवलमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : २९ बजे