Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

समाचार

डोटीमा बस दुर्घटना, कम्तिमा २५ जना घाइते



धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् ।

कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएको छ । कम्तिमा २५ जना घाइते भएको र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ७ : ४२ बजे