Logo

Breaking News 1

२८ गतेदेखि तीन दिन विद्यालय बन्द



काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मतदान केन्द्र रहेका विद्यालय यहि वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिको पढाई ३ दिनसम्म बन्द गर्न अनुरोध गरिएको हो ।

यस अवधिमा विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिइएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : ११ बजे