Logo

Breaking News 1

थुनामुक्त गर्न अफताव आलमले गरेको माग सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं । थुनामुक्त गरि पाउँ भन्दै नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथ बहस गर्दै सर्वोच्च अदालतले आलमलाई थुनामै राख्ने आदेश सदर गरेको छ ।

सर्वोच्च अदालतले पनि रौतहत जिल्ला अदालत र उच्च अदालतको आदेश सदर गरेको हो।

सर्वोच्च अदालतमा न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार सुनुवाइ भएको हो। सुनुवाइपछि आदेश जारी गर्दै आलतमलाई थुनामुक्त गर्न नमिल्ने जनाएको हो।

नेता आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा छ।

जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालतमा गएका थिए।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : ५७ बजे