Logo

Breaking News 1

केशव स्थापितको तर्क: म महिलामैत्री छु त्यसैले उनीहरुसँग मेरो धेरै फोटाहरु हुन सक्छन् !



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफू महिलामैत्री व्यक्ति भएको तर महिलाप्रति अनुचिस सम्बन्ध नराखेको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै स्थापितले आफू महिला हिंसा विरोधी रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै स्थापितले आफू महिलामैत्री व्यक्ति भएकाले आफ्नो फोटाहरु महिलाहरुसँग धेरै हुन सक्ने तर्क गरेका छन् ।

‘म महिलामैत्री व्यक्ति हो । उनीहरुसँग मेरो धेरै फोटाहरु हुन सक्छन् तर महिलाहरुमाथि मैले कुनै पनि अनुचित सम्बन्ध राखिँन ,उनले भने ।’

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : १२ बजे