प्युठानका भेलु बाजे अर्थात मिनबहादुर बुढा मगर अहिले टिकटकमा चर्चामा छन् । उनको भनाई अनुसार, अहिले उनि ६३ बर्षका भए । टिकटक चलाउनेले उनका संवाद नहेर्ने सायदै होलान् ! उनको संवादमा धेरैले अभिनय गरेका छन् । ड्युट गर्दै नक्कल गरिरहेका छन् ।
निकै रोमाञ्चक बनाएका छन् भेलु बाजेले टिकटकरहरुलाई । कतिले उनका शब्द र उनको भनाईलाई भद्धा रुपमा अपव्याख्या गरेपनि उनको सम्पुर्ण भनाईले हाम्रो वास्तविकतालाई उजागर गर्छ । भेलु बाजेको आशय र भनाई हिंसा होइन, प्रेमपुर्ण समाजको चित्र हो । हामी यस्तै प्रेमपुर्ण समाजमा हुर्केका हौं । तर, यहाँ केहि अपराधी र केहि स्वघोषित अधिकारकर्मीहरुले हाम्रो समाजको स्वतन्त्रतालाई प्रयोग गरेर समाज दुषित बनेको हो । जेहोस, व्यवहारबादी भेलु बाजेका हरेक शब्दहरु हाम्रा जीवनका हरफहरु हुन् ।
भेलु बाजे जति रोमान्टिक भएपनि अहिले उनिसंग जवानी छैन । ६३ बर्षअघि भेलु बाजे पक्कै धेरैका प्रेमी थिए होलान् । रमाइला र खुशिला भने पक्कै थिए भन्ने उनका हाउभाउले अनुमान गर्न सकिन्छ । भेलु बाजे जस्तै हाम्रो काठमाडौं शहर पनि ६३ बर्ष अघि निकै कन्चन थियो । रमाइलो थियो । शान्त थियो । सफा थियो ।
तपाईं हामी सबैलाई थाहा छ, उपत्यकाका रैथाने व्यक्तिले हरेक पटक चुनाव जितेकै हुन् । जनताले भोट दिएकै हुन् । सिंह वा शाक्यले के कति काम गरे सबैले भोगिसके । शहरको यो कुरुपतामा रैथानैहरुको जिम्मेवारी नै उति नै छ ।
अब लागौं, भेलु बाजे जस्तै काठमाडौं शहरका कुरा । यो शहर कुनैबेला शान्त र सुन्दर थियो । बिश्वका मानिसहरुको रोजाईमा थियो काठमाडौं उपत्यका । तर, अहिले यो बुढ्यौली लागेको छ । कुरा भने भेलु बाजेकै जस्ता जवानीका चल्छ यहाँ । तर, शहर बिरुप चाउरिएको छ । आँखा गडेका छन् । तागत छैन हाम्रो राजधानीको । यसलाई फेरि, सुन्दर जवानीमा फर्काउन के गर्नुपर्छ । यता तर्फ विवेचना गरौं ।
बिश्वमा ठेलामा सामान बेच्ने निकै पुरानो चलन हो । यो चलन सन १८०० देखि भारतमा निकै फस्टायो । पछि ब्रिटिशले भारतमा शासन गरेपछि कलकत्ताका गल्ली गल्लीमा सामान बोक्ने ठेलाहरु राखिए । गोराहरुका दैला दैलामा भारतीयले ठेलामा सामान राखेर पुर्याउँथे । यो बिस्तारै नेपालमा पनि भित्रियो । अहिले हाम्रो सडक, गल्ली र चोकतिर ठेलामा सामान राखेर बिक्री गरिन्छ ।
फ्रान्सको पेरिसमा सडक वा चोकमा जथाभावी सामान बिक्री गर्न राखियो भने प्रत्येक पटकको १० डलर भन्दा बढि जरिवाना तिर्नुपर्छ । यस्तो नियम प्राय बिकसित मुलुकमा लागु छ । कुनै बेला विश्वमै साम्राज्य फैलाएको बेलायतले त ठुला शहरमा जथाभावी फुटपाथ राख्न प्रतिबन्ध लगाएको छ ।
ठेलामा सामान राखेर चिच्याई चिच्याई बिक्री गर्ने प्रचलन नेपालमा भने झन फस्टाउँदै गएको छ । यसका धेरै प्रकारका बिकृति छन् । यसले हाम्रो सामाजिक असभ्यता प्रकट गर्छ । बिहानैदेखि राती अबेरसम्म ठेलामा सामान विक्री गर्ने र ठुलो आवाजले कराउने शैली सबैभन्दा ठुलो अराजक र भद्धापन हो । यो अहिलेको दुनियाँमा असभ्यता संस्कार भित्र पर्छ ।
६३ बर्षअघि भेलु बाजे पक्कै धेरैका प्रेमी थिए होलान् । रमाइला र खुशिला भने पक्कै थिए भन्ने उनका हाउभाउले अनुमान गर्न सकिन्छ । भेलु बाजे जस्तै हाम्रो काठमाडौं शहर पनि ६३ बर्ष अघि निकै कन्चन थियो । रमाइलो थियो । शान्त थियो । सफा थियो ।
सरकारले यसलाई व्यबस्थित बनाएर साना व्यबसायीका लागि निश्चित स्थान तोकेर व्यापार गर्न अनुमति दिनुपर्छ । यो बिकृति मात्र होइन, हाम्रो समाजको फोहोरी चित्र हो । यस्तै मध्ये हामीले दैनिक रुपमा भोगेका कयौं अराजक शैली छन्, जस्ले हाम्रो जिवनलाई जंगली युगकै संकेत गर्छ । केहि बिषय र यसका निराकरणका लागि सरकारका दायीत्व के हुन सक्छन्, यहाँ बिवेचना गर्न बान्छनीय ठानिएको छ । जुन, चलन, प्रणाली र दैनिकीलाई फेरबदल गर्न र सरकारले लागु गराउन कुनै लगानी चाहिंदैन ।
सरकारले भर्खरै मात्र हर्न निषेध कार्यक्रम लागु गरेको छ । यसको शुरुवात नेपालमा २०७४ साल बैशाख १ देखि भएको हो । शुरुवाती दिनहरुमा शहरमा हर्नको आवाज कम सुनिन थाल्यो । बिस्तारै यो नियम उल्लंघन हुन शुरु भयो । ट्राफिक प्रहरी पनि यो नियम लागु गर्न हैरानीमा पर्यो । त्यसपछि जथाभावी हर्नका आवाज फेरि बज्न थाले । अहिले फेरि सरकारले ‘नो हर्न’ कार्यक्रमलाई निरन्तरता दिएको छ । यो कार्यक्रम लागु भएपछि यसका विविध फाइदा छन् । यस तर्फ ध्यान दिन आबस्यक छ ।
सरकारले हर्न निषेध कार्यक्रम लागु गरेपनि कार्यान्वयन पक्ष निकै फितलो छ । सडकमा हर्नका आवाज बज्न छोडेका छैनन् । जथाभावी हर्न बजाउनेहरुलाई रमिता त हुन सक्छ । तर, यसको असर कति पर्छ भन्ने हेक्का हुन जरुरी छ । मानिसको कानले ६० डेसिवलसम्मको आवाज मात्र सुन्न सक्छ ।
तर उपत्यकाका धेरै स्थानमा ८० देखि २५० डेसिवलसम्म चर्को ध्वनी हुने गरेको तथ्याकले देखाएको छ । विकसित मुलुकमा हजारौं सवारी सडकमा गुडेपनि हर्नको आवाज सुनिंदैन । विश्वका धेरै देशहरु मध्ये दक्षिण एशियाली शहरहरुमा मात्र हर्नको आवाज सुनिने एक अनुशन्धानले देखाएको छ । त्यहि प्रभावले नेपालका शहरहरुमा पनि हर्नको आवाज बज्ने गरेको छ । भारतका धेरै शहरहरु हर्नका आवाजले खराब अबस्थामा गुज्रिएका छन् । भारतकै सिको गरेर नेपालका सिमावर्ती सडक र त्यसको प्रभाव अन्य शहरमा फैलिएको हो । यस तर्फ सरकारले बेलैमा ध्यान दिन आवस्यक छ ।
अहिले काठमाडौं उपत्यका कुरुप छ । हालका मेयर विद्यासुन्दर शाक्यले शहरलाई फोहोर बनाएर छोडे । केपी ओलीले फेरि उनै शाक्यलाई मेयरमा उठाउन चाहन्थे । जनआवाजका कारण उनले उम्मेदवार परिवर्तन गर्न बाध्य भए । अहिले विभिन्न व्यक्ति चुनावमा छन् ।
हर्न बजाएर सडक चौडा हुने, अगाडी बाटो खाली हुने र दुर्घटना कम हुने होइन । झन हर्नको आवाजले अगाडीको सवारी झुक्किएर दर्घटना बढ्ने खतरा हुन्छ भने अन्य व्यक्तिलाई यस्ता ध्वनीले स्वास्थ्यमा नराम्रो असर पुर्याइरहेको हुन्छ । यस तर्फ नागरिक सचेत हुन जरुरी छ । नागरिकलाई सचेत गराउन राज्यले नियमलाई कडाईका साथ लागु गर्नु अनिवार्य छ । यो सभ्यतासंग जोडिएको अहंम सवाल हो ।
हाम्रो देश पर्यटकीय गन्तव्य पनि हो । पर्यटकहरु शान्त बातावरणमा रमाउँछन् । झन तेस्रो मुलुकका पर्यटकलाई शहरको बातावरण शान्त भएको हेर्न रुचाउँछन् । प्राकृतिक रुपमा रमणीय भएर मात्र पर्यटकको आकर्षण हुने होइन । हाम्रा क्रियाकलाप र व्यवहारमा सभ्यता प्रकट भयो भने पर्यटकलाई लोभ्याउने हुन्छ । त्यसैले, शहरमा ‘नो हर्न’ कार्यक्रम अनिवार्य लागु हुन आवस्यक छ ।
अव अर्को बिषय तर्फ लागौं । जुन बिषयमा पनि राज्यले लगानी गर्नु पर्देन, त्यो हो, व्यवस्थित शहरी बसोबास । अहिले नेपालका सबैजसो शहरहरु भद्रगोल मात्र छैनन्, खराब प्रकारका भौतिक संरचनाले मानिस बस्न नसक्ने अबस्थामा छन् । घरको बसोबास क्षेत्र, अस्पताल क्षेत्र, कलकारखाना क्षेत्र, सरकारी कार्यालय क्षेत्र आदि जस्ता संरचनालाई व्यबस्थित बनाउन अनिवार्य छ । यसमा पनि राज्यको लगानी चाहिँदैन । मात्र, उपयोगी कानुन लागु गर्न सक्नुपर्छ । घर नजिकै काठका मिल, वर्कसप, स्टिल कारखाना, बिभिन्न उद्योगहरु संचालन गर्न तुरुन्त रोक लगाउनुपर्छ । यस्ता संरचनाहरुलाई स्थानान्तरण गर्न सरकारले छिटो भन्दा छिटो पहल गर्नुपर्छ । यस्ता उद्योग तथा व्यवसाय संरचनालाई निश्चित स्थानमा मात्र संचालन गर्न अनुमति दिनुपर्छ ।
जथाभावी खुलेका कलकारखाना र वर्कसपहरुले आमनागरिकलाई हैरानी पारेको छ । यसवाट निस्कने आवाज र गतिविधीले बातावरणलाई खलल पारेको अनुभव नागरिकले गर्दे आएका छन् । सरकारले यसलाई तुरुन्त नियन्त्रण गर्न सक्छ । दिर्घकालीन रुपमा ऐन बनाएर भएपनि कारखाना क्षेत्र र बसोबास क्षेत्र छुटयाउन सकिन्छ । यसका लागि प्रत्येक वडाका क्षेत्रहरुमा बर्गिकरण गरेर यो काम सजिलै गर्न सकिन्छ । यस्ता निर्णय गर्न बनिसकेका संरचनालाई हेरफेर गर्न वा संरचना भत्काउन पर्देन । अस्थायी र स्थायी सरंचनाका आधारमा बर्गिकरण गरेर वर्कसप र कलकारखानाहरु स्थानान्तरण गर्न सकिन्छ । हरेक बिकसित मुलुकहरुले शहर निर्माणका यस्ता कामहरु सय बर्ष अघिदेखि गर्दे आएका हुन् । ति देशहरुले नियम, कानुन र प्रणालीलाई सुदुढ रुपमा अघि बढाएर कार्यान्वयन गर्दा आज कति सुन्दर देशमा परिणत भएका छन् । नेपालले यस्ता अनुकरणीय कामहरुको विकसित मुलुकबाट सिक्न सक्छ । राम्रा कामहरु पछ्याउन सक्दा त्यसले हामीलाई नै फाइदा दिने हो ।
विना लगानी देशलाई सुधार गर्ने यस्ता दर्जनौं क्षेत्र छन् । सरकारी अस्पतालको बिजोग अहिले पनि थामिसक्नु छैन । प्राय सरकारी अस्पतालहरु दुर्गन्धले भरिएका छन् । सरकारी स्कुल, कलेजका बातावरण पनि त्यो भन्दा खराब छन् । त्यति मात्र होइन, देशको स्थायी सरकार भनिने कर्मचारीले काम गर्ने सरकारी कार्यालयका क्षेत्र पनि भद्रगोल र कुरुप देख्न सकिन्छ ।
शहर सौन्दर्यको अर्को पाटो हो रंगरोगन । हाम्रो देशमा राज्यद्धारा निर्देशित रंगरोगन कानुन छैन । तर, विकसित देशमा यसको अलग कानुन हुन्छ । मुल सडक वरपरका घरहरुले सरकारले तोकेको रंग मात्र प्रयोग गर्न पाइन्छ । जस्ले जे मन लाग्छ त्यहि रंग प्रयोग गर्न पाइने नियमले शहरको सौन्दर्यमा खलल पुर्याएको छ । ठुला शहरका मुख्य स्थानमा तोकिएको रंग मात्र प्रयोग गर्ने नियमले बातावरण सुन्दर बनाउँछ । यो हेर्दा सामान्य बिषय लागेपनि यसको ठुलो महत्व छ । पर्यटकलाई यसले हाम्रा बस्तीहरु र भवनहरुलाई आकर्षित गर्छ ।
यसको अलवा घर निर्माणमा डिजाइन पनि अर्को महत्वपुर्ण पक्ष हो । मुल सडक अगाडी कुन मोडेलका भवन बनाउने, भित्री सडकमा कस्ता घर बनाउन पाइने आदि जस्ता कुरामा बिशेष ध्यान दिन राज्यले स्थानीयस्तरमा कानुन लागु गर्न प्रोत्साहन गर्नुपर्छ ।
हाम्रो देशमा विविध हावापानी र अलग–अलग भौगोलिक वनावट छ । यसका लागि हिमाल, पहाड र तराईमा आवस्यकता अनुसारका नियमहरु तोक्न सकिन्छ । बढी गर्मी हुने स्थानमा बन्ने भवन र बढी चिसो हुने ठाउँमा निर्माण हुने संरचनाहरु एकै हुन सक्दैन । तर, पनि विविधता बिचमा पनि शहरको सौन्दर्यमा एकरुपता ल्याउन सकिन्छ । तराईका धेरैजसो शहरहरु अहिले पनि भद्रगोल छन् । उपत्यकापछि भद्रगोल र अव्यबस्थित शहरहरु तराईमा ज्यादा छन् । धेरै जनसंख्याका कारण उपत्यका भद्रगोल भएपनि बाहिरका शहरहरुलाई व्यबस्थित गर्न धेरै सहज छ ।
राज्यले कानुन मात्र लागु गरेर विना लगानीमा सौन्दर्य देखाउन सक्ने भनेको सार्बजनिक स्थानहरु हो । ति भनेका हाम्रा मठमन्दिर, गुम्बा, चौतारा, पार्क, सरकारी कार्यालयहरु, अस्पताल लगायतका क्षेत्र पर्छन् । यी स्थानहरुमा संबन्धित पक्षलाई धुलो वा हिलो हुने स्थान निर्माण गर्न लगाउने, कहिंकतै भत्किएको वा बिग्रिएको स्थान तुरुन्त मर्मत गर्न आदेश दिने काम राज्यले गर्न सक्छ । खासगरि, हाम्रो हिन्दु धर्मका सार्बजनिक स्थानहरु फोहोर र अव्यबस्थित छन् ।
पशुपतिनाथ मन्दिरकै कुरा गरौं । मन्दिर प्रबेश गर्नुपुर्व सवारी राख्ने व्यबस्थित पार्क छैन । यहाँको सवारी पार्क धुलो र हिलोले बैराग्य देखिन्छ । मन्दिर क्षेत्र प्रबेश गरेपछि सडक दायाँबायाँ अव्यबस्थित पुजा सामग्रीका पसलहरु र फुटपाथे व्यबसायबाट यहाँको सौन्दर्य खराब छ । कुनै पर्यटक नेपालको सबैभन्दा ठुलो धार्मिकस्थानमा आयो भने उसले यहाँ प्रबेश गरेपछि नाक खुम्च्याउनुपर्ने अबस्था छ । लगानी र आम्दानीको कुरा गर्ने हो भने पशुपतिनाथ मन्दिर आर्थिक रुपमा सम्पन्न छ । तर, यसको व्यबस्थापन पक्ष हेर्ने हो भने निकै दयनीय अबस्थामा गुज्रिएको छ । यहाँको व्यबस्थापन समितिमा सधै राजनीति चल्छ, तर सुधारका काम अहिलेसम्म हुन सकेको छैन ।
सरकारले विना लगानी गर्न सक्ने अर्को काम हो, यातायात क्षेत्रको सुधार । देशको विकासको मापन सडकलाई मानिन्छ भने नागरिकको सभ्यताको मापन यिनै सडकमा गुड्ने सार्बजनिक सवारीका आधारमा गरिन्छ । अझै पनि हाम्रा सार्वजनिक सवारीमा खलासी (चिच्याएर बोल्ने सेवक) को प्रयोग छ । यो सबैभन्दा असभ्य चित्रण हो । सार्बजनिक बसमा सहयागी राख्न सकिन्छ । तर, यात्रुलाई तान्ने, चिच्याएर फलानो ठाउँ जान आउनुस, आउनुस भन्ने र बसको ढोका जोडले ठोक्ने प्रणाली सबैभन्दा दिक्दार लाग्ने पक्ष हुन् । बिकसित मुलुकमा यस्तो दृष्य कहिं पनि देखिंदैन । यसलाई तुरुन्त हटाउन सकिन्छ । कुनै पनि यात्रुलाई बोलाउन जरुरी छैन । अहिले हरेक नागरिक अक्षर चिन्न सक्नेछन् । कुन बस कहाँ जाने सजिलै पढ्न सक्छन् । चुपचाप शान्त बातावरणमा सार्बजनिक सवारी चलाउन सकिन्छ । हरेक बिकसित देशहरुले गरेको पनि यहि हो ।
उपत्यकामा अहिले सडकमा असरल्ल हजारौं कुकुरहरु छन् । यिनले दिनहुँ वटुवालाई दुख दिइरहेका छन् । विश्वका कुनै पनि शहरमा यसरी सडकभरि कुकुर हुँदैनन् । यो नेपालको विकृति हो । यसलाई तुरुन्त नियन्त्रण गर्नुपर्छ । घरपालुवा कुकुर पाल्नका लागि कानुन आवस्यक देखिन्छ । यहाँका घरघरमा पालिने कुकुरले छिमेकीलाई असर नपर्ने बिषयमा सर्तकता अपनाएको पाईंदैन । यस बिषयमा राज्यको ध्यान जान जरुरी छ ।
विना लगानी देशलाई सुधार गर्ने यस्ता दर्जनौं क्षेत्र छन् । सरकारी अस्पतालको बिजोग अहिले पनि थामिसक्नु छैन । प्राय सरकारी अस्पतालहरु दुर्गन्धले भरिएका छन् । सरकारी स्कुल, कलेजका बातावरण पनि त्यो भन्दा खराब छन् । त्यति मात्र होइन, देशको स्थायी सरकार भनिने कर्मचारीले काम गर्ने सरकारी कार्यालयका क्षेत्र पनि भद्रगोल र कुरुप देख्न सकिन्छ । यस्ता क्षेत्रलाई विना लगानी सजिलै सुधार गरेर लैजान कुनै ठुलो आयोजना आवस्यक पर्देन । मात्र सरकार र नागरिकमा इच्छाशक्ति भए मात्र पुग्छ । सरकारले यस्ता कामहरुमा प्रोत्साहन र सजायको व्यबस्था अनिवार्य गर्न आबस्यक छ । हाम्रो जस्तो कमविकसित, असभ्य मुलुकमा कानुन लागु गर्ने सन्दर्भमा कडाई चाहिने रहेछ । नागरिकले पनि कुरुप होइन, सौन्दर्य रोज्ने चाहना राख्न सक्नुपर्छ । प्रत्येक नागरिक जिम्मेवार बन्ने हो भने यस्ता साधारण तर महत्व राख्ने बिषयमा व्यापक सुधार ल्याउन सकिन्छ । यसका लागि पहिला राज्यबाट सही कानुन र निर्देशनको जरुरी छ । हाम्रो सभ्यता हामी आँफैले निर्माण गर्ने हो, बिदेशीले होइन ।
विश्वका धेरै देशहरु मध्ये दक्षिण एशियाली शहरहरुमा मात्र हर्नको आवाज सुनिने एक अनुशन्धानले देखाएको छ । त्यहि प्रभावले नेपालका शहरहरुमा पनि हर्नको आवाज बज्ने गरेको छ । भारतका धेरै शहरहरु हर्नका आवाजले खराब अबस्थामा गुज्रिएका छन् । भारतकै सिको गरेर नेपालका सिमावर्ती सडक र त्यसको प्रभाव अन्य शहरमा फैलिएको हो । यस तर्फ सरकारले बेलैमा ध्यान दिन आवस्यक छ ।
अतः स्थानीय चुनाव मुखैमा छ । उपत्यकाका सबै शहरमा मेयर लगायतका पदहरुमा जनप्रतिनिधि चुन्दैछौं । हामी फेरि पुरानै दुर्दशामा फर्कने प्रयत्न नगरौं । अहिले काठमाडौं उपत्यका कुरुप छ । हालका मेयर विद्यासुन्दर शाक्यले शहरलाई फोहोर बनाएर छोडे । केपी ओलीले फेरि उनै शाक्यलाई मेयरमा उठाउन चाहन्थे । जनआवाजका कारण उनले उम्मेदवार परिवर्तन गर्न बाध्य भए । अहिले विभिन्न व्यक्ति चुनावमा छन् । कुनै पनि देशको राजधानीको मेयर भनेको त्यो देशको सरकार प्रमुख जस्तै शक्तिशाली मानिन्छ । जोसंग सारा जनताको भाग्य जोडिएको हुन्छ ।
चुनाव त पाकिस्तानमा पनि हुन्छ । के त्यस्तो हिंसा समाज र त्यस्तै महिला स्वतन्त्रता हनन भएको मुलुक बनाउने हो ? चुनाव हुँदैमा प्रजातान्त्रिक हुने होइन । त्यसका लागि सबैभन्दा पहिला कार्यकर्ता कम, जनता ज्यादा हुने राजनीति पद्धतिको शुरुवात हुनुपर्छ । हाम्रो विकास, सुन्दरता, सभ्यता र स्वतन्त्रतालाई अब आउने सबै चुनावले अझ मजवुत बनाउन सक्नुपर्छ ।
जुन बिषयमा पनि राज्यले लगानी गर्नु पर्देन, त्यो हो, व्यवस्थित शहरी बसोबास । अहिले नेपालका सबैजसो शहरहरु भद्रगोल मात्र छैनन्, खराब प्रकारका भौतिक संरचनाले मानिस बस्न नसक्ने अबस्थामा छन् । घरको बसोबास क्षेत्र, अस्पताल क्षेत्र, कलकारखाना क्षेत्र, सरकारी कार्यालय क्षेत्र आदि जस्ता संरचनालाई व्यबस्थित बनाउन अनिवार्य छ ।
तपाईं हामी सबैलाई थाहा छ, उपत्यकाका रैथाने व्यक्तिले हरेक पटक चुनाव जितेकै हुन् । जनताले भोट दिएकै हुन् । सिंह वा शाक्यले के कति काम गरे सबैले भोगिसके । शहरको यो कुरुपतामा रैथानैहरुको जिम्मेवारी नै उति नै छ । अब, हाम्रो सोच बदल्ने बेला आएको छ । हामी त्यस्तो व्यक्तिलाई चुनाव जिताऔं, जो जनप्रतिनिधिले यो शहर फेरि सुन्दर शहरमा बदल्न सकोस । पहिला राजधानी बनाउँ, देश स्वत बन्नेछ । धन्यबाद ।
प्रतिक्रिया