Logo

Breaking News 1

वरियताक्रम मिचेर धिरजप्रताप सिंह प्रहरी महानिरीक्षक नियुक्त !



काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक(आईजी)मा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)बाट आईजीमा बढुवा नियुक्ति गरेको हो।

आईजीका निम्ति चार जना प्रतिस्पर्धामा थिए। तेस्रो वरियतामा रहेका सिंह आईजी भएका हुन्। उनीअघि एआईजी विश्वराज पोखरेल र सहकुल थापा प्रतिस्पर्धामा थिए।

नेपाल प्रहरीको महानिरीक्षक बनाउने विषयमा गृह मन्त्रालय र प्रधानमन्त्री शेरबहादुर देउवाबीच विवाद देखिएको थियो । गृह मन्त्रालयले आईजीपीको लागि एआईजी विश्वराज पोखरेललाई सिफारिस गरेको थियो ।

गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा सिफारिस समितिले पोखरेललाई आईजीपमा बढुवा गर्न सिफारिस गरेको हो । तर, प्रधानमन्त्री देउवाले भने वरीयताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने अडान लिएका थिए ।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीभित्र रहेको चेनअफ कमाण्डलाई नभत्काउने आशय व्यक्त गरेका थिए । सोही अनुसार पोखरेललाई नै आईजीपी बनाउनुपर्ने उनको माग थियो ।

यस्तै, शसस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याल नियुक्त भएका छन् । नेपाल प्रहरीका महानिरीक्ष शैलेश थापा र शसस्त्रका पुष्पराज केसीले आजबाट अनिवार्य अवकाश पाउँदैछन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : ४९ बजे