Logo

Breaking News 1

एसईईका परीक्षार्थीलाई काठमाडौंका एसपीले लेखे पत्र



काठमाडौं
प्रिय भाइ/बहिनीहरु

मिठो सम्झना अनि धेरै माया ।

‘म आज जे छु, मैले हिजो गरेको कर्मको कारणले छु’-स्टेफन कोबे ।

सर्वप्रथम त तपाइँहरुलाई परीक्षामा सफलताका लागि धेरै धेरै शुभकामना छ, अनि सँगसँगै बधाई पनि किनकि तपाइँको परिवारमा आज तपाइँ एक जिम्मेवार र परिपक्व सदस्यको भूमिकामा उभिने क्रममा हुनुहुन्छ । जीवन रमाइलो छ र प्राज्ञिक जीवनको लामो सङ्घर्षको यात्रामा तपाइँ निस्कन लाग्नुभएको छ ।

बिहानीले दिनलाई दिशानिर्देश गर्दछ भनेझैँ यस पावन भूमिमा जन्मी, हुर्की, बढी, पढी आज SEE Graduate हुने क्रममा भाइरबहिनीहरुलाई आजको यो महत्वपूर्ण दिनको अर्थ पक्कै थाहा हुनेछ । मलाइ लाग्छ अहिलेसम्मको तपाइँको जीवनयात्रामा तपाइँ अभिभावक र साथीहरुको सहयोगमा आफ्नै गतिमा हिँडिरहनु भएको थियो होला तर आउने भविष्यमा तपाइँको आफ्नै योजना, आकांक्षा, सपना र गन्तव्यहरू त छँदैछन् सँगसँगै परिवार समाज र देशप्रति समेत तपाइका केहि कर्तव्य र जिम्मेवारीहरु पनि रहनेछन् ।

“पुरानो कोट लगाउ र नयाँ पुस्तक किन” – थोरो ।

जसरी थोरोको यस प्रसिद्ध भनाईबाट ज्ञानको भोक जागृत हुन पुग्दछ, त्यसरी नै आमाबुबाले अति परिश्रमका साथ व्यवस्थापन गर्नु भएको खाना, नाना, छाना, औषधिमुलो, विद्यालयलगायतको शुल्क, पुस्तक, हजुरबुबारहजुरआमाले सुनाउनुभएको गीतरकथारकविता र गुरुले खियाउनु भएको तीनवटा औंलाको सार्थकता तपाइँहरूको उज्ज्वल भविष्य सँगसँगै अध्ययन अनुसन्धान पश्‍चात सवल राष्‍ट्र निर्माणमा तपाइँहरुबाट भविष्यमा गरिन जाने योगदानबाट मात्रै सार्थक हुन्छ । आज म तपाइँहरुसमक्ष एक सचेत नागरिक र जिम्मेवार प्रहरी अधिकारीको हैसियतले केहि कुराहरु राख्न चाहन्छु । मलाइ लाग्छ तपाइँहरुबाट यसमा सकारात्मक पहलताका साथ निरन्तरता प्रदान हुनेछ ।

तपाइँहरुलाई थाहा नै होला, लागू औषधको अवैध ओसारपसार र दुर्व्यसनले आज हाम्रो घर, परिवार, समाज र देशलाई मात्र नभएर पुरै विश्‍वलाई नै नराम्रोसँग गाँजिरहेको छ । सामान्यतया तपाइँहरुको उमेर ९१३ वर्षदेखि १९ वर्षसम्म० का युवा तथा उर्जावान दाजु-भाइ र दिदी-बहिनीहरू लागू पदार्थको कुलतमा डुबेका पाइन्छन् र आफ्नो जीवनलाइ कष्‍टकर बनाइरहेका छन् ।

तपाइँ हामी सबैले बुझ्ने भाषामा भन्दा लागू पदार्थको दुर्व्यसन भनेको चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह वा परामर्शबिना आफूखुशी औषधि प्रयोग गर्ने तथा कानूनले लागू औषध भनी परिभाषित गरी निषेध गरेको पदार्थको प्रयोग गर्ने कार्य वा प्रबृत्ति हो । कुनै व्यक्तिलाई सधैभर लागू औषधको सेवन गरिरहनु पर्ने अवस्थाको सिर्जना हुनु र सेवन गर्ने व्यक्तिको मानसिक र शारीरिक अवस्थामा परिवर्तन आउने कार्य नै दुर्व्यसन हो ।

तसर्थ, लागू औषध कसैले पनि प्रयोग नगरौं । प्रयोग गर्ने गरेको भए आजैको दिनबाट बन्द गरौं । लागू औषधको उत्पादन, ओसार(पसार, भण्डारण, खरिद( बिक्री तथा सेवनजन्य कार्य दण्डनीय अपराध (पन्ध्र वर्षदेखि जन्म कैदसम्म र पाँचलाख रुपैयाँदेखि पच्चीसलाख रुपैयासम्म जरिवाना) हुने भएकोले यस्ता कार्य कसैले पनि नगरौँ । लागू औषध दुर्व्यसनको कारणले मानिसको अकालमा ज्यान जान सक्छ, परिवार तहस-नहस हुन सक्छ, त्यसैले यसबाट हामी सधैं टाढै रहौँ र आफन्तजन, मित्रजनलगायत स्वजनहरुको सदैव हित हुने कार्यमा आफू र आफन्तहरुलाई अहोरात्र सहयोग गरौँ । साथीहरुको देखासिकी, नक्कल गर्ने तथा फेसनको रूपमा लागू औषधको प्रयोग कहिल्यै नगरौं । कानूनले प्रतिबन्ध लगाएका अवैध औषधिहरू ९लागू औषध० को प्रयोगलाई निरूत्साहित गरौं ।

जिल्ला प्रहरी परिसर काठमाडौंको आ.व. २०७८।०७९ को साउनदेखि चैत ९ महिनासम्मको अभिलेखलाई मध्यनजर गर्दा लागू औषधसम्बन्धी कसूरका २६८ मुद्दा दर्ता गरिएको, ३७८ जना पक्राउमा परेका तथा डाइजेपाम-११,३६३ एम्पुल, फेनारगन-१२,४०६ एम्पुल, नुर्फिन-१०,९४० एम्पुल, नाइट्राभेट ट्याब्लेट-३२,०६९, गाँजा(६६ के.जि., चरेश १३ के.जि., खैरो हिरोइन-२३४ ग्राम लगायत बिभिन्न प्रकारका लागू औषध बरामद गरिएको पाइन्छ ।

व्यक्तिगत समस्याबाट टाढा रहन तथा तनाब कम गर्न लागू औषधको सहारा कहिले पनि नखोजौं । यो गलत हो । साथीभाइको करकाप, पारिवारिक समस्या तथा पढाइमा असफलताको कारणबाट लागू औषधको प्रयोग भुलेर पनि नगरौं । सामान्य व्यक्तिलाई भन्दा लागू औषधको प्रयोग गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर, स्नायु ग्रन्थी सम्बन्धी समस्या, मुटु सम्बन्धी रोग, कुपोषण, महिलालाई महिनावारीमा समस्या तथा विभिन्न श्‍वासप्रश्‍वास सम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने भन्ने विभिन्न जर्नलमा प्रकाशित लेखहरुले यो कति भयावह छ भन्ने स्पष्ट पार्ने भएकोले लागू औषधको कुलतबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔँ । आजको यो पवित्र र विशेष दिन (SEE परीक्षाको अन्तिम दिन) मा तपाइँहरुलाई लागू ‍औषधविरुद्धको यही सन्देश दिन चाहन्छु ।

त्यस्तै प्रकारले साइबर अपराधमा पनि तपाइँका उमेरसमूहका भाइ बहिनीहरु जानी नजानी धेरै नै संलग्न भएको पाइन्छ ।

भनिन्छ, कानूनको अज्ञानता क्षम्य हुँदैन र समाजका सम्पूर्ण नागरिकले कानून जानेकै हुन पर्ने परिकल्पना गरिएको पाइन्छ  (The ignorance of law is no excuse, and everyone must know the law of the land) ।

तसर्थ, सामाजिक सञ्जालस् फेसबुक, ट्वीटर, इन्टाग्राम, भाइबर र ह्वाट्सएपलगायतका पेज र वेबसाइटहरु प्रयोग गर्दासमेत ध्यान पुर्याउनु हुन तथा आफ्ना साथीहरुलाई छेडखानी  (Cyber bullying) गर्ने, हैरानी दिने, अरुको गोपनीयता भङ्ग गरिदिने, सोसल साइट ह्याक गरि दिने, अनधिकृत तवरले अरुको वेबसाइटलाई ह्याक गर्ने, विभिन्न प्रकारका अनलाइन गेममा संलग्न भई आफू र आफन्तजनको समयलाई नष्ट गर्ने, धन सम्पत्तिको बर्वादी गर्ने जस्ता कार्यबाट टाढै रहौं ।

साइवर अपराधको कसूरमा संलग्न उपर पाँच वर्षसम्म कैद र दुई लाखसम्म जरिवाना हुने प्रावधान रहेकोले आफू जोगिई अरुलाई जोगाउनु नै बुद्दिमतापूर्ण हुनेछ । जसरी अलि-अलि पौडन सिकेको पौडीबाजले सावधानीपूर्वक मात्रै नदी र समुन्द्रमा पौडनु उचित हुन्छ, त्यसरी नै तपाइँहरुले सामाजिक सञ्जाल आदिको प्रयोग गर्दासमेत हरहमेशा सावधानीपूर्वक समाजको बृहत्तर हितमा गर्नु हुनेछ ।

मातृ देवो भव ! पितृ देवो भव !! गुरु देवो भव!!! को आदर्श वाक्यलाई हृदयङ्गम गरी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुले जसरी माता, पिता र गुरुको आदर सम्मान गरी आफ्नो भविष्यलाई उज्ज्वल बनाउनेतर्फ आफ्नो बालपनलाई खर्चिनु भएको छ, त्यसरी नै आउने दिनहरुमासमेत उपर्युक्त आदर्श वाक्यको मर्मलाई आत्मसात गरी सुनौलो भविष्य कोर्न हुन पनि तपाइँहरुलाई बिनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।

जसरी नङ र मासुको सम्बन्ध प्रगाढ छ, त्यसरी नै जनता र प्रहरीबीचको सम्बन्ध रहेको हुन्छ । समूदाय-प्रहरी साझेदारी अन्तर्गतस् प्रहरी, समूदाय, स्थानीय तह, विद्यालय, संघसंस्था, सञ्चारजगत मिली समाजमा अपराध न्यूनीकरण गर्दै लगेर अपराधमुक्त समाज बनाउन अहोरात्र खटिनु पर्ने आजको आवश्यकता रहेको अवस्थामा तपाइँहरुबाट मातृभूमि नेपाल र नेपाल प्रहरी संगठनले सदैव ठूलो अपेक्षा गरेको छ । यस महान कार्यमा हामी सवैजनाले मन, बचन र कर्मले सक्दो प्रयास गरौ र त्यनभतजभच धभ अबल भन्ने वाक्यलाई सार्थक बनाऔँ ।

तपाइँहरुले पनि गाउँ गाउँ अनि टोल टोलमा सहरमा अनि नेपाल राष्ट्रको सम्पूर्ण भू-भागमा ‘लागू औषध त्यागौँ, स्वस्थ, सबल, समृद्ध र समुन्नत समाजको निर्माण गरौं’ र ‘लागू औषधको गरे प्रयोग, सकिनेछ जीवनको उपयोग’ जस्ता सन्देशहरु प्रचार-प्रसार गरी पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्दनाथ, माता जानकी, गौतम बुद्द, अंशुबर्मा, भृकुटी र सगरमाथाको यस पवित्र भूमिबाट लागू औषध विरुद्धको महाअभियानमा आफू र आफ्नो परिवारसहित महत्वपूर्ण योगदान गर्नु हुनै नै छ भन्ने पूर्णविश्‍वास लिएको छु ।

अन्त्यमा, परिश्रमको फल अवश्य नै मिठो हुनेछ । प्रहरीको तालिममा भन्ने गरिन्छस् “तालिममा पसिना बगाउने ब्यक्तिले कर्मक्षेत्रमा रगत जोगाउँदछ” । विश्वबाट क्रमशस् बिलुप्त हुँदै गरेको कोरोनाको कहरबीच तपाइँहरुको माता, पिता र गुरुहरुको अथक परिश्रम, २ वर्षको विराम पश्चात हाल भई रहेको SEE परीक्षाको लागि तपाइँहरूले गर्नु भएको उच्चस्तरको तयारीका कारण चाँडै नै पूर्ण सफलताको मिठो फल तपाइँहरुलाई प्राप्‍त हुन सकोस् भन्ने शुभेक्षासहित देशले मागेको र खोजेको समयमा तपाइँहरुबाट मुलुकको लागि हरसम्भव यथोचित योगदान हुने नै छ भन्ने भन्ने पूर्ण विश्‍वास लिँदै पुनस् एकपटक क्भ्भ् परीक्षाको पूर्ण सफलताको शुभकामना अर्पण गर्दै अहिलेलाई ओझेल पर्ने अनुमति चाहन्छु । धन्यवाद, जय नेपाल ।

दिनेश राज मैनाली
प्रहरी उपरीक्षक
जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौं ।
मिति :-२०७९ वैशाख १७ गते

(जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत एसपी दिनेशराज मैनाली त्यहाँका प्रवक्ता हुन् ।)

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ११ : २२ बजे