Logo

Breaking News 1

काठमाडौं महानगरको मेयरका उम्मेदवार स्थापितलाई कारबाही गर्न विभिन्न संघसंस्थाको माग (विज्ञप्तिसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाही गर्न विभिन्न संघसंस्थाहरुले माग गरेका छन् ।

महिलाप्रति असंवेदनशिल अभिव्यक्ति दिएको भन्दै स्थापितलाई कारबाही गर्न माग गरिएको हो । ओरेक, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल लगायत ४५ संघसंस्थाले स्थापितमाथि कारबाहीको माग गरेका हुन् ।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन् । स्थापितले महिलाको चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको आरोप विज्ञप्तिमा लगाइएको छ ।

स्थापित महानगरको मेयर बन्न लायक नभएको पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ३९ बजे