Logo

मुख्य समाचार

गभर्नर अधिकारीको मुद्दाको सुनुवाई आज हुँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाई हुँदैछ ।

बिहीबार सुनुवाई नसकिएपछि ‘हेर्दाहेर्दै’ मा शुक्रबारका लागि पेशी तोकिएको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाई प्रारम्भ भएपनि समय अभावका कारण बिहिबारको लागि तय भएको थियो ।

बिहिबार सरकारी पक्षका वकिलहरुले बहस गरेका भएपनि नसकिएपछि मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । सरकारले विभिन्न आरोप लगाउँदै अधिकारीलाई निलम्बन गरेपछि अधिकारी सर्वोच्च पुगेका थिए ।

न्यायाधीश हरिप्रसाद फुयाँलको यही वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सो आदेशलाई निरन्तता दिने वा नदिने भन्ने विषयमा सुनुवाई भइरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १० : ११ बजे