Logo

Breaking News 1

आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने



काठमाडौं । आगामी ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा निर्वाचन आयोगले आजका लागि समय तोकेको छ ।

आयोगले आज साँझ ५ बजेसम्मका लागि फिर्ताको समय तोकेको हो । यो समयमा उम्मेदवारी दिएका जो कोहीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

आयोगले आजै साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ४९ बजे