Logo

Breaking News 1

विनाशकारी महाभूकम्प गएको सातौँ वर्ष



काठमाडौं । नेपालमा विकाशकारी महाभूकम्प गएको आज सोमबार साँतौँ वर्षमा लागेको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट ८८९६ जना नेपाली तथा विदेशी नागरिकको ज्यान गएको थियो भने २२,३०३ जना घाइते भएका थिए ।

निजी तथा सरकारी भौतिक संरचना, ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरु ध्वस्त भएका थिए । हालसम्म कयौँ संचरनाहरु पुन:निर्माण भइसकेका छन् भने अझै कतिपय संचरना निर्माण हुने क्रममै रहेका छन् ।

१२ गते ११ बजेर ५६ मिनेटमा पहिलो भूकम्प गएको थियो । फेरि वैशाख १३ र २९ गते ६.८ रेक्टर स्केलको भूकम्प गयो ।

दुई हप्तामा १६० पटक भूकम्प गयो । ती भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक, धादिङ, दोलखा, रसुवा, नुवाकोट, रामेछाप, सोलुखुम्बु नै थियो । भूक्म्पले छिमेकी मुलुक चीन, भारत र बंगलादेशसम्म असर पुर्‍याएको थियो ।

महाभूकम्पपछि पनि नेपालमा भूकम्पको धक्का लामो समय महशुश भइरह्यो । महाभूकम्प यता हजारौँ पराकम्पन मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गोरखा भूकम्पपछि दोलखा, सिन्धुपालचोक, गोर्खा, काठमाडौं, रसुवा लगायतमा सबै भन्दा बढी पराकम्पन महशुस गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ३२ बजे