Logo

समाचार

बेलडाँडी गाउँपालिका अध्यक्षमा माओवादीबाट पत्रकार गिरीको नाम सिफारिस



धनगढी । लामो समयदेखि संचार क्षेत्रमा सक्रिय पत्रकार कृष्णराज गिरी गाउँपालिका अध्यक्षमा सिफारिस भएका छन् । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन अन्तरगत गिरीलाई नेकपा माओवादी केन्द्रले पालिका अध्यक्षमा सिफारिस गरेको हो ।

कञ्चनपुरको बेलडाँडी गाँउपालिका अध्यक्षको लागि माओवादीले जिल्ला समन्वय समितिलाई सिफारिस गरेको छ । माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर शाहका अनुसार गिरीसँगै र्ईश्वरी दत्त भट्ट, कल्पना गिरी, नन्दकिशोर एसके, कैलाचन्द्र गिरीको नाम सिफारिस गरेको छ । त्यस्तै, उप प्रमुखमा नैनादेवी गिरी सुरेन्द्र राज कोईराला पनि सिफारिस भएका छन ।

शैक्षिक, समाजिक–राजनीतिक क्षेत्रमा लामो समय काम गरेका भट्टदेखि विद्यार्थी नेतादेखि संचारकर्मीलाई अध्यक्षको लागि सिफारिस गरिकएको माओवादी केन्द्र बेलडाँडीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : २९ बजे