Logo

अर्थ

नबिल बैंकको नाफा झण्डै साढे ३ अर्ब



काठमाडौं । नबिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ८.९१ प्रतिशत घटेर ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी २९.३० प्रतिशत बढेर ६ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । गत अहार्थिक बर्षके सोही अवधिमा बैंकले ५ अर्ब ९ करोड ६९ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १६ करोड ७५ लाख २१ हजार रुपैयाँ, सञ्चालन नाफा ८.७५ प्रतिशत घटेर ४ अर्ब ७८ करोड २४ लाख ९९ हजार रुपैयाँ, इम्पेरमेन्ट चार्ज ६१ करोड ५ लाख १२ हजार रुपैयाँ, नेटफि एण्ड कमिसन आम्दानी २.२७ प्रतिशत घटेर १ अर्ब १८ करोड ८ लाख ९७ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३३.६० प्रतिशत बढेर १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ, जगेडा कोष १६.५६ प्रतिशत घटेर १६ अर्ब ६९ करोड ९३ लाख १६ हजार रुपैयाँ, निक्षेप संकलन ४.८१ प्रतिशत बढेर २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार रुपैयाँ र कर्जा १२.१० प्रतिशत बढेर २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४७ पैसा घटेर २४ रुपैयाँ १६ पैसामा सीमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ६३ पैसा रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८२ गुणा रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ८ : ५९ बजे