Logo

अर्थ

बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँड आज



काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँड हुने भएको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओ प्रि अलोटमेण्ट शुक्रवार सम्पन्न गरी आज बाँडफाँडको तयारी भएको हो ।

कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्म १८ लाख २७ हजार ९७० कित्ता आइपीओ निष्काशन गरेको थियो ।

यसमा मागभन्दा १५ दशमल ७६ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ। कुल २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन्। जसमा १ लाख ६६ हजार ३४५ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ।

कम्पनीले सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १० : ३१ बजे