Logo

समाचार

गौतमबुद्ध विमानस्थलमा बैशाख १ गते परीक्षण उडान हुने



काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी वैशाख १ गते परीक्षण उडान हुने भएको छ ।

साथै आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी समेत गरिएको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि परीक्षण उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर र अन्य प्राविधिकहरूलाई अष्ट्रियाको भियना र एरो थाईका प्राविधिकहरूले परीक्षण उडानका लागि उपकरण सञ्चालन सम्बन्धी तालिम दिइसकेका छन् ।

निगमको जहाजबाट परीक्षण उडान सकिएसँगै नेपाल नागरिक उडान प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नियमित उडानका लागि प्रस्ताव आह्वान गर्ने छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : १४ बजे