Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

Breaking News 1

गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरू



काठमाडौं । गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव भने उपस्थित छैनन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीबारेको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँदैछ ।

पौडेल नेतृत्वको सो समितिले हिजो सबै दलको स्थानीय तहमा रहेको पछिल्लो अवस्थाबारे संकलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन आजको बैठकमा बुझाउने भएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : ०७ बजे