Logo

समाचार

सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मंगलबार बिहान शारदा नगरपालिका–१ दारिमचौरबाट श्रीनगर तर्फ आउँदै गरेको भे १ ज ३३६ नम्बरको जीप दुर्घटना हुँदा जिपका सहचालक १८ वर्षीय नारायण वलीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा चालक २१ वर्षीय थलराज वली घाइते भएका छन् ।

जिप सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : ४५ बजे