Logo

विश्व

रुससँगको सीमामा थप अमेरिकी सेना राख्न पोल्यान्डको आग्रह



एजेन्सी । पोल्यान्डका एक वरिष्ठ नेताले युरोपमा अमेरिकी सेनाको उपस्थितिलाई व्यापक बढाउन आग्रह गरेका छन् । यो विशेषगरी रुससँग सीमाना जोडिएका मुलुकहरुमा राख्न उपप्रधानमन्त्री जारोस्ल काजिन्स्कीले आग्रह गरेका हुन् । उनले पोल्यान्डमा परमाणुु हतियारको अखडा राख्न पनि आग्रह गरेका छन् ।

‘यदि अमेरिकाले युरोपमा हालको १ लाख सेनालाई बढाएर १ लाख ५० हजार पुु¥याएमा पोल्यान्ड खुसी हुने थियो । यो हामीले रुसको बढ्दो आक्रामकतालाई लिएर आग्रह गरेका हौ,’ जारोस्ललाई उद्धृत गर्दै जर्मन अखबार वेल्ट एम सोनट्यागले उल्लेख गरेको छ ।

पोल्यान्डको सत्तारुढ दलका प्रमुख समेत रहेका जारोस्लले युरोपमा ७५ हजार अमेरिकी सेना नेटोको पूर्वीतर्फ स्थायी रुपमा खडा गरिनुपर्ने बताएका छन् । यसको परिचालनले मस्कोले युक्रेनबिरुद्ध सैन्य आक्रमण गर्नु पूर्व पुरै युुरोपमा झन्डै १ लाख अमेरिकी सेनाको बराबरी हुनेछ ।

पोल्यान्डले आफ्नो सीमामा परमाणुु हतियार राख्न समेत राजी भएको जारोस्लले बताएका छन् । वार्साले युद्धको जवाफमा कडा प्रतिबन्धका लागि आग्रह गरेको छ । यसमा रुसलाई पुरै युरोपको कडा व्यापार प्रतिबन्ध पनि समावेश छ । पोल्यान्डले गत महिनानै युक्रेनलाई मिग फाइटर जेट दिने समेत बताएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : ३० बजे