Logo

अर्थ

बलेफी हाइड्रोपावर आईपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन हो । गत १६ चैतदेखि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको थियो । आज सोमबारसम्म आईपीओका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

निष्काशन गरिएको कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : २१ बजे