Logo

अर्थ

आइतबार चार सयले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा चारसयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

महासंघकाअनुसार आज चाँदीको भाउ भने स्थिर रहको छ । शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ४५ बजे