Logo

समाचार

चट्याङ लागेर भलिबल खेलाडीको मृत्यु



विराटनगर । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बेलुका करिब साढे ८ बजेतिर चट्याङ लाग्दा स्थानीय २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो । उनी पालिकास्तरीय भलिबल खेलाडी पनि हुन् ।

चट्याङ लागेपछि उनलाई तेल्लोक प्राथमिक उपचार केन्द्रमा पुर्याइएको र त्यहाँका स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : १३ बजे