Logo

समाचार

श्रोत नखुलेको ८ लाख नगदसहित २ जना पक्राउ



काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको रकम सहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोनमा गाउँपालिका घर भएका २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो छन् ।

आरोपीहरुको साथबाट ८ लाख १५ हजार नगद बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

रघुनाथपुर बीओपीबाट खटिएको टोलीले प्रदेश–२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई चेकजाँच गर्दा श्रोत नखुलेको रकम फेला परेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ३ : १२ बजे