Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

समाचार

पाल्पामा जिप दुर्घटना, चालकसहित ११ जना घाइते



काठमाडौं । पाल्पाको रिब्दिकोट गाउँपालिका–४ रानीठाँटीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालक सहित ११ जना घाइते भएका छन् ।

घाइते सबैलाई उपचारको लागि पाल्पाकै प्रभाष स्थित लुम्बिनी मेडिकल कलेज पठाइएको थियो ।

घाइतेमध्ये भारत घर भएका २४ बर्षीय दिनबन्धु तिवारीको अवस्था गम्भीर रहेको र अन्य सामान्य उपचार पश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ ।

सदैवाबाट बुटवल तर्फ जाँदै गरेको लु २ च १३०२ नम्बरको जिप बिहान सडकबाट अन्दाजी तीन मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  २ : ५० बजे